दमक। झापाको मेचीनगर नगरपालिकाको थप एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । २९ गते स्वाब संकलनगरि पठाइएका २२ जना मध्ये एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनी गत असार १७ गते भारतको दिल्लीबाट आएर क्वारेन्टाइनमा बस्दै आएकी थिइन् ।
उनलाई उपचारका लागि मोरंगको विराटनगर स्थित कोभिड अस्पताल पठाउने तयारी भइरहेको नगरपालिकाको उपप्रमुख मिना पोखरेल उप्रेतीले सवाल नेपाललाई जानकारी दिनुभयो । उनी मेचीनगर ४ की २७ वर्षीया महिला हुन् ।



