वि.सं.२०७७ साउन -४,आइतवार,ई.सं.२०२० July -१९ ,शक संवत्-१९४२,नेपाल संवत्-११४० दिल्लागा,प्रमादी,दक्षिणायन,वर्षा,श्रावण कृष्णपक्ष तिथि-चतुर्दशी , २३:१७ बजे उप्रान्त औंसी,नक्षत्र-आर्द्रा ,२१:४२ बजे उप्रान्त पुनर्वशु,योग-व्याघात , २२:३६ बजे उप्रान्त हर्षण, करण-भद्रा ११:२२ बजेदेखि शकुनि , २३:१७ बजे उप्रान्त किंस्तुघ्न,चन्द्रराशि-मिथुन,आनन्दादि योग-ध्वांक्ष,सूर्योदय-५:२१,सूर्यास्त- १८:५८,दिनमान-३४ घडी ०३ पला,घण्टाकर्ण चतुर्दशी। गठेमंगल (गथाँमुग च:ह्रे पूजा)।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – संकल्प गरेको काममा अलि बाधा आउँन सक्छ,पारिवारिक समस्या तथा व्यापारमा आर्थिक सुधार हुनेछ,भिडभाडमा जिउधन जोगाउन सजग रहनुहोला, आजको शुभ अंक ५ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – नसोची दियको बोलि वचनले गर्दा अफ्ठेरोमा परिनेछ,बोलीमा विचार पुराउनु होला,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, आफन्तलाई ठेस पुग्न सक्छ , आजको शुभ अंक ३ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – सामान चोरि हुने हराउने योग छ,आर्थिक क्षेत्रमा सफल हुनेछ,स्वास्थ्यमा सुधार आउने तथा संकल्प गरेको काम सफल हुनेछ,झुटो आरोप लाग्न सक्छ, आजको शुभ अंक २ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –
मान–सम्मानमा आघात पुग्नेछ र बोलीको गलत अर्थ लाग्नेछ,शारीरिक मानसिक पिडा बढ्ने तथा बोलीको अनर्थ लाग्न सक्छ,आजको शुभ अंक ४ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – स्वार्थमा लोभिने हुदाँ रोजगारी अवसर मा गुमाइनेछ,लेनदेनमा विवाद हुनेछ,खेलकुद क्षेत्रमा सफल भइनेछ,दाजु भाइ बिचमा मन मुटाव हुनेछ, आजको शुभ अंक ८ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ,आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,अप्रिय घटना हुनसक्छ, आजको शुभ अंक १ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,साझे दारीको काममा संकट आउनेछ,सामाजिक कार्य सफल भइनेछ, आजको शुभ अंक ६ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– शारीरिक चोटपटकको योग देखिएकाले सजग रहनुहोला,सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,परिवारमा विवाद हुनेछ, किनमेल गर्दा सजग रहनु होला,आजको शुभ अंक ९ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,मन प्रशन्न रहनेछ, शारीरिक मानसिक पिडा हुनेछ,आजको शुभ अंक ७ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ,विश्वास गरिएका व्यक्तिबाट धोकाको सम्भावना छ, साथि भाईको साथले उत्साह जगाउनेछ,आजको शुभ अंक १० रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– धार्मिक क्षेत्रमा जिम्मेवारी वहन गर्ने समय पाइनेछ,सन्तान पक्षमा खुशीको योग छ,पति पत्नी बिचमा मन मुटाव हुनेछ, आजको शुभ अंक ७ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – कृषि,पशुपालन तथा व्यापारमा फाइदा हुनेछ,पारिवारिक मेलमिलाप बढ्नेछ,विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ, आजको शुभ अंक ४ रहेको छ ।



