वि.सं.२०७७ साउन -८,बिहीवार, ई.सं.२०२० July – २३,शक संवत्-१९४२,नेपाल संवत्-११४० गुँलाथ्व,प्रमादी,दक्षिणायन,वर्षा,श्रावण शुक्लपक्ष तिथि-तृतीया , १८:३० बजे उप्रान्त चतुर्थी,नक्षत्र-मघा , १९:५९ बजे उप्रान्त पूर्वफाल्गुनी,योग-व्यतीपात , १४:५० बजे उप्रान्त वरियान्,करण-तैतिल ०७:२६ बजेदेखि गर , १८:३० बजे उप्रान्त वालव,चन्द्रराशि-सिंह,आनन्दादि योग-मुसल, सूर्योदय-५:२३, सूर्यास्त-१८:५६,दिनमान-३३ घडी ५३ पला,वराहजयन्ती। मधुश्रावणी पर्व समाप्त।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला,संकल्प गरेको काममा अलि बाधा आउँन सक्छ,केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला, आजको शुभ अंक ७ रहेको छ ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ,जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ, बोलीमा विचार पुराउनु होला,आजको शुभ अंक ९ रहेको छ ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ,विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ, झुटो आरोप लाग्न सक्छ,आजको शुभ अंक ७ रहेको छ ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – व्यावसायिक यात्रा सम्भावना छ,भिडभाडमा जिउधन जोगाउन सजग रहनुहोला,आर्थिक क्षेत्रमा सफल हुनेछ, सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,आजको शुभ अंक २ रहेको छ ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – अप्रिय समाचारले दुःखी बनाउन सक्छ,आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला,आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ, आजको शुभ अंक ३ रहेको छ ।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ,नसोची दियको बोलि वचनले गर्दा अफ्ठेरोमा परिनेछ,अप्रिय घटना हुनसक्छ, आजको शुभ अंक ५ रहेको छ ।

तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ,सन्तान पक्षमा खुशीको योग छ,सामाजिक कार्य सफल भइनेछ, सामान चोरि हुने हराउने योग छ,आजको शुभ अंक ४ रहेको छ ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– आफन्त संग विवाद हुनेछ,धार्मिक क्षेत्रमा जिम्मेवारी वहन गर्ने समय पाइनेछ,विश्वास गरिएका व्यक्तिबाट धोकाको सम्भावना छ, आजको शुभ अंक १ रहेको छ ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– घर–गृहस्थीमा भने समस्या आउन सक्छ,कृषि,पशुपालन तथा व्यापारमा फाइदा हुनेछ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ, आजको शुभ अंक १० रहेको छ ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ,समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ, पति पत्नी बिचमा मन मुटाव हुनेछ,आजको शुभ अंक ८ रहेको छ ।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्,शारीरिक चोटपटकको योग देखिएकाले सजग रहनुहोला,किनमेल गर्दा सजग रहनु होला, आजको शुभ अंक ४ रहेको छ ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,साझे दारीको काममा संकट आउनेछ,साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ, आजको शुभ अंक ६ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah