वि.सं.२०७७ साउन -९,शुक्रवार, ई.सं. २०२० July -२४ , शक संवत्-१९४२,नेपाल संवत्-११४० गुँलाथ्व,प्रमादी,दक्षिणायन,वर्ष,श्रावण शुक्लपक्ष तिथि-चतुर्थी , १६:२६ बजे उप्रान्त पञ्चमी,नक्षत्र-पूर्वफाल्गुनी , १८:४१ बजे उप्रान्त उत्तरफाल्गुनी,योग-वरियान् , १२:१० बजे उप्रान्त परिघ,करण-वणिज ०५:३० बजेदेखि भद्रा , १६:२६ बजे उप्रान्त तैतिल,चन्द्रराशि-सिंह,आनन्दादि योग-सिद्धि, सूर्योदय-५:२३, सूर्यास्त-१८:५६, दिनमान-३३ घडी ५१ पला ।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – आफ्नै बुद्दि विवेक ले गरेको काम सफल हुनेछ,सानातिना समस्याले अप्ठ्यारो परिस्थिति सिर्जना हुने देखिन्छ, केही कुरा बोल्नु अगाडि विचार गर्नुहोला,आजको शुभ अंक २ रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) –शारीरिक चोटपटकको योग देखिएकाले सजग रहनुहोला,सन्तान पक्षमा खुशीको योग छ,पति पत्नी बिचमा मन मुटाव हुनेछ, आजको शुभ अंक ६ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) –विश्वास गरिएका व्यक्तिबाट धोकाको सम्भावना छ,भेटघाटमा अलमलिनाले काममा बाधा पुग्नेछ,अप्रिय घटना हुनसक्छ, आजको शुभ अंक १० रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) –साहसी काम गरेर अरूको परिवारको मन जित्न सकिनेछ,आश्वासन बाँड्नेहरूले झुक्याउन सक्छन्, सामाजिक कार्य सफल भइनेछ, आजको शुभ अंक ८ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – जटिल काममा पनि प्रयत्न गर्दा सकारात्मक संकेत प्राप्त हुनेछ,पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला, आर्थिक क्षेत्रमा सफल हुनेछ, आजको शुभ अंक ७ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– समयले साथ दिनेछ व्यपार लागि सफलदायी रहनेछ,घर–गृहस्थीमा भने समस्या आउन सक्छ,आफन्त संग विवाद हुनेछ, आजको शुभ अंक ४ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – संकल्प गरेको काममा अलि बाधा आउँन सक्छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ, धार्मिक क्षेत्रमा जिम्मेवारी वहन गर्ने समय पाइनेछ, आजको शुभ अंक ७ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ,स्वास्थ्य कमजोर रहनाले काम गर्न नसकिएला,काम रोकिनुका साथै मानसम्मानमा आघात पुग्न सक्छ, आजको शुभ अंक ९ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– सुरक्षाकर्मी बाट अपमानित हुनुपर्ला,व्यावसायिक यात्रा सम्भावना छ,कृषि,पशुपालन तथा व्यापारमा फाइदा हुनेछ, झुटो आरोप लाग्न सक्छ, आजको शुभ अंक ३ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ,साझे दारीको काममा संकट आउनेछ, भिडभाडमा जिउधन जोगाउन सजग रहनुहोला, आजको शुभ अंक १ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– सामान चोरि हुने हराउने योग छ,खर्च बढ्नुका साथै आर्थिक संकटले सताउन सक्छ,किनमेल गर्दा सजग रहनु होला, बोलीमा विचार पुराउनु होला, आजको शुभ अंक ५ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – नसोची दियको बोलि वचनले गर्दा अफ्ठेरोमा परिनेछ,अप्रिय समाचारले दुःखी बनाउन सक्छ,आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला, आजको शुभ अंक ४ रहेको छ ।



