दमक/ झापाको दमकमा शनिबार ५२ जनाको स्वाब संकलन गरिएको छ । संकलन गरिएकामा ३७ पुरुष र १५ महिला छन् । जसमा मानसरोवर क्वारेन्टाइनका २५ पुरुष, विज्ञान पार्कको महिला क्वारेन्टाइनका ९ महिला, होम क्वारेन्टाइनका ७ पुरुष र ४ महिला तथा शसस्त्र प्रहरीबल एपीएफका ५ पुरुष र १ महिला र १ विरामी महिला रहेको दमक नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुवेरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
शनिबार दमकको क्वारेन्टाइनमा २८ पुरुष र ९ महिला छन् । शनिबार संकलन गरिएको स्वाब आइतबार कोरोना परीक्षणका लागि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइने छ ।



