दमक/ झापाको दमक नगरपालिकाबाट आज ५२ जनाको स्वाब पीसीआर परीक्षणका लागि विराटनगर पठाइएको छ। स्वाब पठाइएकामा ३७ पुरुष र १५ महिला छन् ।
जसमा मानसरोवर क्वारेन्टाइनका २५ पुरुष, विज्ञान पार्कको महिला क्वारेन्टाइनका ९ महिला, होम क्वारेन्टाइनका ७ पुरुष र ४ महिला तथा शसस्त्र प्रहरीबल एपीएफका ५ पुरुष र एक महिला छन भने एक जना विरामी महिला रहेको दमक नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुवेरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
शनिबार स्वाब संकलन गरिएको भएपनि ढिलो भएका कारण स्वाब आज पठाइएको हो । दमकको क्वारेन्टाइनमा यो समाचार तयार पार्दा सम्म २८ पुरुष र ९ महिला छन् । स्वाब कोरोना परीक्षणका लागि प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएको सदस्यसचिव भट्टराईले सवाल नेपाललाइ जानकारी दिनुभयो । अहिले सम्म दमकका ११ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने ९ जनाले कोरोना जितिसकेका छन् ।



