इलाम । इलाममा एकै दिन ६ जना सुरक्षाकर्मीसहित ९ जनामा कोरोना पुष्टि भएको छ। कोरोना संक्रमण पोजेटिभ देखिनेमा सशस्त्र प्रहरीका ५ जना, क्वारेन्टाइन सुरक्षामा खटिएका नेपाल प्रहरीका एक जना हवल्दार र अन्य ३ जना रहेका स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन विमल बरालले जानकारी दिए।

भारतबाट आएर इलाम नगरपालिकाको क्वारेन्टाइनमा बसेका इलाम नगरपालिका–६ का एक पुरुष, क्वारेन्टाइनमा खटिएका एक कर्मचारी र माई नगरपालिका–४ का २६ वर्षका पुरुषलाई समेत कोरोनाको पुष्टि भएको बरालले जानकारी दिए। सशस्त्र प्रहरीका १२ जना झापामा खटिएर आएपछि उनीहरुको परीक्षण गरिएको बरालले जानकारी दिए। संक्रमित सबैलाई विराटनगरस्थित कोभिड अस्पताल पठाउने तयारी भइरहेको छ।

सदरमुकामस्थित सशस्त्र प्रहरीको एक नम्बर गणमा कार्यरत सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएपछि गणबाट नियमित गस्ती नहुने भएको छ। सशस्त्र प्रहरीलाई गण बाहिर ननिकाल्ने गणपति रोशन श्रेष्ठले बताए। इलामबाट सशस्त्र प्रहरीका १२ जनासहित ५६ जनाको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि पठाइएको थियो। यसअघि इलामका २६ जनामा संक्रमण देखिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah