दमक/   घरमै बसेका दुई जना पुरुषमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएपछि झापाको बाह्रदशी गाउँपालिकामा सोमबार समुदायका ३१ जनाको स्वाब सङ्कलन गरी पीसीआर परीक्षणका लागि विराटनगर पठाइएको छ ।

सोमबार सो गाउँपालिकाका एक राजनीतिककर्मी र एक स्वास्थ्यकर्मीमा सङ्क्रमण पुष्टि भएपछि समुदायमा कोरोना फैलिएको आशङ्का गरिएको छ ।

उनीहरुमा कोरोना सङ्क्रमण देखिएपछि सोमबार कोरोना नियन्त्रण तथा रोकथाम समितिको बैठक बसी वडा नम्बर १, २ र ३ सिल गर्ने निर्णयसमेत गरेको थियो ।

सङ्क्रमितहरु वडा नम्बर २ र ३ का हुन् । उनीहरुमा सङ्क्रमण पुष्टि भएको खबरले गाउँमा त्रास बढाएको छ । मङ्गलबार ती सङ्क्रमितहरुको परिवार र उनीहरुसँग पछिल्लोपटक सम्पर्कमा रहेका ३१ जनाको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गरिएको छ । उनीहरुको पीसीआरको रिपोर्ट नेगेटिभ आएमा सिल खुला गरिने वडा नम्बर ३ का वडा अध्यक्ष वीरेन्द्रप्रसाद राजवंशीले जानकारी दिनुभयो ।

सङ्कलन गरिएको स्वाब प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएको छ । सोको रिपोर्ट नआएसम्म तोकिएको क्षेत्र खुला नहुने राजवंशीले बताए । उनले निर्माण सामग्री, यातायात, होटल, रेस्टुरेन्ट, बैङ्क तथा वित्तीय संस्था लगायत बन्द रहेको बताए । ३१ जनामध्ये कसैको पनि पोजेटिभ आएमा थप व्यक्तिको स्वाब सङ्कलन गरी परीक्षण गर्ने पनि राजवंशीले बताउनुभयो ।

सङ्क्रमित दुवै जनालाई मोरङको गोठगाउँस्थित पूर्वाञ्चल विश्वविद्यालयको कोभिड अस्पताल पठाइएको छ । कोरोना पोजेटिभ देखिनेमा बाह्रदशी गाउँपालिका–३ का ५१ वर्षीय र वडा नम्बर–२ का ४० वर्षीय पुरुष हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah