दमक/  कोरोना सङ्क्रमणको त्रास कायमै रहेका बेला झापाका ८७ प्रतिशत सङ्क्रमित कोरोना जितेर घर फर्र्किएका छन् । झापाका १५ वटै स्थानीय तहमा कोरोना सङ्क्रमित भेटिए पनि सङ्क्रमण पार गर्नेहरुले उच्च मनोबल बनाएका छन् ।

झापामा यो समाचार तयार पार्दासम्म ३ सय ५१ जनामा कोरोना भाइरस सङ्क्रमण भएको पाइएको छ । जसमध्ये ३ सय ४ जना कोरोना जितेर घर फर्किसकेका छन् । झापाका २ नगरपालिका र एक गाउँपालिकाका शतप्रतिशत सङ्क्रमितले कोरोना जितिसकेका छन् ।

झापामा सबैभन्दा बढी कचनकवल गाउँपालिकामा सङ्क्रमित भेटिएका छन् । कचनकवलका १ सय ३५ जना पुरुषमा कोरोना सङ्क्रमण भेटिए पनि एक सय ३४ जनाले कोरोना जितिसकेका छन् ।

नेपालको पूर्वी सीमा रहेको मेचीनगर नगरपालिकाका ७० जनामा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये ४७ जनाले कोरोना जितिसकेका छन् । मेचीनगरका ५७ पुरुष र १३ महिलामध्ये ३६ पुरुष र ११ महिलाले कोरोना जितिसकेका छन् ।

त्यस्तै, जिल्लामा तेस्रो बढी सङ्क्रमित सङ्ख्या रहेको गौरीगञ्जमा २३ जना सङ्क्रमित पुरुषमध्ये १९ जनाले कोरोना जितिसकेका छन् । बुद्धशान्ति गाउँपालिकाका १२ पुरुष र ५ महिला गरी १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकोमा १६ जनाले कोरोना जितिसकेका छन् ।

झापाको अर्जुनधारा नगरपालिका र बाह्रदशी गाउँपालिकामा १४–१४ जनामा कोरोना सङ्क्रमण देखिएको छ । जसमध्ये अर्जुनधारा नगरपालिकाका १३ जनाले कोरोना नितिसकेका छन् भने बाह्रदशीका ९ जनाले जितिसकेका छन् ।

झापाका कन्काई नगरपालिका, हल्दीबारी गाउँपालिका र गौरादह नगरपालिकाका शतप्रतिशत सङ्क्रमितले कोरोना जितिसकेका छन् । कन्काई र हल्दीबारीका १२–१२ जना सङ्क्रमित थिए भने गौरादहका ११ जना सङ्क्रमित थिए । त्यस्तै, भद्रपुर नगरपालिकाका १० जना सङ्क्रमितमध्ये ९ जनाले कोरोना जितिसकेका छन् ।

यता, दमक नगरपालिकाका १० जना सङ्क्रमितमध्ये ८ जनाले कोरोना जितिसकेका छन् भने बिर्तामोड नगरपालिकाका ८ जना सङ्क्रमितमध्ये ६ जनाले कोरोना जितिसकेका छन् ।

उता, झापा गाउँपालिकाका ७ सङ्क्रमितमध्ये २ जनाले कोरोना जितिसकेका छन् भने शिवसताक्षी नगरपालिकाका ६ सङ्क्रमितमध्ये ५ जनाले जितिसकेका छन् ।

झापामा सबै भन्दा कम सङ्क्रमित हुने कमल गाउँपालिकाका २ जना सङ्क्रमितमध्ये एक जनाले कोरोना जितिसकेका छन् । कोरोना जितेर घर फर्किनेमध्ये केहीले कोरोना उच्च मनोबलले जित्ने प्रतिक्रिया दिएका छन् । उनीहरुले कोरोना जितेपछि उच्च मनोबल पनि बनाएका छन् । कोरोना सङ्क्रमणबाट नेपालमा ४९ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah