झापा। झापाको २ छुट्टाछुटै स्थानबाट लागुऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका–४ का २८ बर्षीय संजय पोखरेल, २९ बर्षीय जीवन खत्री दर्जी, ३० बर्षीय पंकज उप्रेती र २५ बर्षीय फियाज मुमेनलाई १२ ग्राम ८० मिलिग्राम ब्राउन सुगर सहित बुधवार दिउँसो २ बजे कन्काई नगरपालिका–४ ईलुवारीबाट प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी सोही टोलीले बिर्तामोड नगरपालिका–४ घर भई अर्जुनधारा नगरपालिका–६ बस्ने २० बर्षीय निकेश राईलाई १ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर सहित बुधवार बेलुका ७ बजे निजको डेरा छेउबाट पक्राउ गरेको हो । लागुऔषध ब्राउन सुगर सहित पक्राउ परेका पाँचै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।



