काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक सय ५१ जनाले कोरोना भाइरस संक्रमण जितेर घर फर्किएका छन् । देशका विभिन्न अस्पतालमा आइसोलेसनमा उपचार गराइरहेका एक सय ५१ जना संक्रमित शुक्रबार निको भएका हुन् ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमण निको भएर घर फर्किनेको संख्या १४ हजार तीन सय ९९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिनुभयो ।



