दमक। झापाको दमक नगरपालिकाबाट पठाइएका ९६ जनाकै पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । दुई पटक गरी दमकबाट ९७ जनाको स्वाब पठाइएको थियो ।

९७ जना मध्ये एक जनाको यसअघि नै रिपोर्ट पोजेटिभ आएको थियो भने बाँकीको रिपोर्ट आज आएको हो । रिपोर्ट नेगेटिभ आएसँगै क्वारेन्टाइनमा बस्दै आएका ४३ जनालाई आज नै घर पठाइएको दमक नगरपालिका क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो । दमकमा आज पनि स्वाब संकलन गरिने भट्टराईले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय