मोरङ – प्रदेश १ सरकारका एक उच्च ओहदाका व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । ती व्यक्तिका परिवारमा पनि कोरोनाको सङ्क्रमण देखिएको हो ।

विराटनगर-५ निवासी उनका परिवारका तीन जना सदस्यमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । श्रीमान्, श्रीमती र छोरालाई नै सङ्क्रमण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । तीन जनालाई नै अस्पताल भर्ना गर्ने प्रक्रिया सुरु गरिएको छ ।

प्रदेश १ मा सरकार तथा सरकारको उच्च ओहदाका व्यक्तिमा कोरोना पुष्टि भएको यो पहिलो घटना हो । यस्तै विराटनगरमा सात प्रहरीसहित थप १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

कोशी अस्पताल विराटनगरमा परीक्षण गर्दा प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत सात प्रहरी कर्मचारीसहित १५ जना सङ्क्रमित थपिएका विराटनगर महानगरपालिका जनस्वास्थ्य महाशाखा प्रमुख रमेश कार्कीले जानकारी दिनुभयो ।

सङ्क्रमितहरु विराटनगर महानगरपालिका वडा नं. ६ र ७ का रहेका छन् । त्यस्तै कोशी अस्पताल विराटनगरमा कार्यरत दुई जना र विराट मेडिकल कलेजमा कार्यरत एकजना पुरुष कर्मचारीमा पनि कोरोना सङ्क्रमण देखिएको छ । उज्यालो बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah