दमक। झापाको शिवसताक्षी नगरपालिकाबाट आज ५९ जनाको स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि विराटनगर पठाइएको छ । स्वाब संकलन गरिएकामा क्वारेन्टाइनका ४० पुरुष र ४ महिला, होम क्वारेन्टाइनका ३ महिला र एक पुरुष, सशस्त्र प्रहरी बलका ६ जना, जनपथ प्रहरीका ४ जना र एक जना थुनुवा रहेका नगरपालिकाका फोकल पर्सन रोशन अधिकारीले जानकारी दिनुभयो ।

स्वाब प्रादेशिक प्रयोगशाला विराटनगर पठाइएको छ । शिवसताक्षीमा अहिलेसम्म ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यद्यपि सबैले कोरोना जितिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय