दमक। झापाको कमल गाउँपालिकाबाट पठाइएका २४ जनाकै स्वाबको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । कमलबाट २० पुरुष र ४ महिला गरी २४ जनाको स्वाब संकलन गरी प्ररीक्षणका लागि विराटनगर पठाइएको थियो ।
रिपोर्ट नेगेटिभ आउनेमा क्वारेन्टाइनका ७ जना र अन्य बाहिरका रहेको क्वारेन्टाइनमा खटिनु भएका स्वास्थ्यका इन्द्र अर्यालले जानकारी दिनुभयो ।
आजको रिपोर्ट नेगेटिभ आएका क्वारेन्टाइनका ७ जनालाई घर पठाइएको पनि अर्यालले जानकारी दिनुभयो । कमलमा आहिले सम्म २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यद्यपि दुबै जनाले कोरोना जितिसकेका छन् ।



