दमक। झापाको कमल गाउँपालिकामा रहेको सशस्त्र प्रहरी बल पाथीभरा शिक्षालयका १४ जनाकै स्वाबको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । उनीहरुको कमल गाउँपालिकाबाट स्वाब संकलन गरी पठाइएको थियो ।
कमलबाट पठाइएका २४ जनाकै रिपोर्ट नेगेटिभ आएको छ । २४ जनामध्ये सशस्त्र प्रहरीका १४ जना रहेको शहीद धर्मभक्त माविको क्वारेन्टाइनमा खटिनु भएको इन्द्र अर्यालले सवाल नेपाललाई जानकारी दिनुभयो । त्यस्तै २ स्वास्थ्यकर्मी र एक जना जनप्रतिनिधीको पनि रिपोर्ट नेगेटिभ आएको अर्यालले जानकारी दिनुभयो । यसअघि पाथीभराका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।



