एजेन्सी । आफूविरुद्ध बान्द्रा प्रहरीमा उजुरी दायर भएदेखि बेपत्ता रहेकी अभिनेत्री रिया चक्रवती शुक्रबार मुम्बईस्थित ईडी ( इनफोर्समेन्ट डिरेक्टोरेट) कार्यलय पुगेकी छिन् ।

इडीले अभिनेता सुशान्तसिंह राजपुतको मुद्दामा पैसासँग सम्बन्धित पक्षको जाँचको जिम्मा पाएको छ । यसैबीच रियाविरुद्ध सुशान्तलाई ठगेको आरोपमा आफ्नो बयान दिन उनी शुक्रबार त्यहाँ पुगेकी हुन् ।

हुन त रियाले शुक्रबार कुनै अर्को दिन आफ्नो बयान राख्‍न ईडीसँग समय मागेकी थिइन् । तर ईडीले रियाको मागलाई नकार्दै अगस्त ७ अर्थात् आज बयान दिन उपस्थित नभए ईडीको अपमान गरेको भन्दै अर्को मुद्दा लाग्‍ने बताइएको थियो ।
जसपश्‍चात रिया बयान दिन आएकी हुन् ।

ईडीले रियासँग उनको र सुशान्तसँगको सम्बन्धदेखि पैसाको कारोबार, सुशान्तको बैंक खातालगायत तीन तहमा सोधपुछ गर्ने तयारी गरेको थियो । भारतीय मिडियाका अनुसार ईडीले अनुसन्धानको क्रममा रियाको वर्ष २०१८ देखि २०१९ सम्मको कमाइ र खर्चमाथि शंका गरेको छ । (नवभारत टाइम्स)

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah