दमक। आज झापामा थप ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा दमक नगरपालिकाका १ जना बाह्रदशी गाउँपालिकाका २ जना र अर्जुनधारा नगरपालिकाका २ जना छन् ।

दमकका संक्रमित हुनेमा सशस्त्र प्रहरी बलका ४० वर्षीय पुरुष रहेको दमक नगरपालिकाका क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले जानकारी दिनुभयो ।

दमकबाट एक सय ७ जनाको स्वाब परीक्षणका लागि पठाइएको भएपनि ४७ जनाको मात्र रिपोर्ट आएको भट्टराईले जानकारी दिनुभयो । त्यस्तै बाह्रदशीका संक्रमण पुष्टि हुने दुबै जना भारतबाट आएर क्वारेन्टाइनमा बस्दै आएका थिए ।

संक्रमित मध्ये एक जना वडा नम्बर १ का २८ वर्षीय पुरुष भएको र अर्का एक जना वडा नम्बर ६ की ४५ वर्षीया महिला भएको वडा नम्बर ३ का वडा अध्यक्ष वीरेन्द्रप्रसाद राजबंशीले सवाल नेपाललाइ जानकारी दिनुभयो । वहाँका अनुसार बाह्रदशीबाट ४५ जनाको स्वाब पीसीआर परीक्षणका लागि पठाइएको थियो ।

जसमा समुदायका ४० जनाकै रिपोर्ट नेगेटिभ आएको पनि राजबंशीले जानकारी दिनुभयो । संक्रमित दुबै जनालाइ उपचारको लागि पठाउने तयारी भइरहेको भएपनि कतै ठाउँ नभएकोले समस्या भएको पनि वहाँले बताउनु भयो । यसैगरी अर्जुनधारा नपाका ४४ र ३६ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । दुबै जना भारतबाट आएर शनिश्चरे मावि क्वारेन्टाइनमा बस्दै आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah