दमक। सोमबार झापाका थप ९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबार आएको रिपोर्टमा गौरादह नगरपालिकाका ५, भद्रपुर नगरपालिकाका ३ जना र कमल गाउँपालिकाका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

गौरादहका संक्रमण पुष्टि हुनेमा सशस्त्र प्रहरी बल इलाममा कार्यरत भइ घर विदामा आउने दुइ जना र साउदी अरबबाट आएका ३ पुरुष छन् । उनीहरु गौरादहका क्वारेन्टाइनमा बस्दै आएका थिए । गौरादहकबाट एक सय १५ जनाको स्वाब पीसीआर परीक्षणका लागि पठाइएकोमा ५ जनाको मात्र रिपोर्ट पोजेटिभ आएको गौरादहका स्वास्थ्य शाखाका संयोजक पर्शुराम भट्टराईले जानकारी दिनुभयो ।

त्यस्तै भद्रपुर नगरपालिकाका संक्रमित हुनेहरुमा दुबईबाट आएका २५ वर्षीया महिला र ४० बर्षीय पुरुष हुन भने अर्का नेपाल आर्मीको चारआलीमा कार्यरत ३३ वर्षीय प्युठ छन् । भद्रपुरबाट गत २० गते ३४ जनाको स्वाब संकलन गरी पठाइएको थियो । संक्रमण पुष्टि भएकालाई कहिपनि खाली नभएकाले कहाँ राख्ने भन्ने निर्णय भइनसकेको भद्रपुरका स्वास्थ्य शाखा प्रमुख मनोज भट्टराईले जानकारी दिनुभयो ।

त्यस्तै कमल गाउँपालिका ३ का ३२ बषीय पुरुषमा संक्रमण पुष्टि भएको छ । उनी गत १७ गते दुबईबाट आएर शहीद धर्मभक्त माविको क्वारेन्टाइनमा बस्दै आएका थिए । योसँगै झापामा कोरोना संक्रमितको संख्या ४ सय ७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah