धरान। मोरङका थप १ जनाको कोरोना भाइरसका कारण मृत्यु भएको छ । मृत्यु हुने मोरङको बुढीगंगा गाउँपालिका–२ गंगा चोकका ५५ वर्षीय पुरुष हुन् । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहान मृत्यु भएको हो ।
प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले भने ‘उहाँमा कोरोनाको मात्र लक्षण देखिएको थियो, अरु रोग भएको जानकारी छैन, इमरजेन्सी हुँदै आइसोलेसनमा भर्ना गराएका थियौं ।’
श्वासप्रश्वासमा समस्या देखिएपछि आफन्तले साउन २६ मा कोशी अस्पताल लगेका थिए । कोशीले रेफर गरेपछि धरानमा भर्ना गरिएको थियो । योसँगै प्रदेश १ मा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ पुगेको छ । सातै जना मोरङका हुन् ।



