बैतडी। बैतडीमा डेढ महिना अघि संकलन गरिएको स्वाबको रिपोर्ट अझै आएको छैन् । भारतबाट फर्केका र आरडीटी पोजेटिभ आएका १ सय ४४ जनाको स्वाबको रिपोर्ट अझै नआएको हो ।
डेढ महिना अघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएका मध्ये १ सय ४४ जनाको स्वाबको रिपोर्ट नआएको स्वास्थ्य कार्यालयका कोभिड १९ सम्पर्क व्यक्ति भुवनप्रसाद जोशीले जानकारी दिनुभयो ।
रिपोर्ट नआएका स्वाबहरु हराएको अथवा अन्यत्र कतै रिपोर्ट गएको हुन सक्ने आशंका गरिएको छ । समयमा रिपोर्ट नआएपछि उनीहरु १४ दिन क्वारेन्टाइनमा बसेर घर फर्किसकेका छन् ।
जिल्लामा अहिलेसम्म २ हजार २ सय ८१ जनाको स्वाब संकलन गरिएकोमा ३ सय २२ जनामा कोरोना पुष्टि भइसकेको छ । कोरोना पुष्टि भएकामध्ये ३ सय ७ जना डिस्चार्ज भईसकेका छन् ।



