दमक। झापाको विर्तामोड नगरपालिकाका एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज आएको ४ जनाको पीसीआर परीक्षणको रिपोर्टमा एक जनामा पोजेटिभए देखिएको विर्तामोड नपाका फोकल पर्सन ओम खड्काले सवाल नेपाललाई जानकारी दिनुभयो । विर्तामोडबाट गत २५ गते २ सय ११ जनाको स्वाब संकलन गरी परीक्षणका लागि धरान पठाइएको थियो ।
त्यसमध्ये २ सय ७ जनाको हिजो रिपोर्ट नेगेटिभ आएको थियो । आज संक्रमण पुष्टि हुनेमा विर्तामोड नपा वडा नम्बर ६ की २९ बर्षीया महिला हुन् । उनी गत ११ गते भारतबाट काँकडभिट्टा नाकाहुँदै आएर देवी माविको क्वारेन्टाइनमा बस्दै आएकी थिइन् ।
आजको थप एक जनामा कोरोना पोजेटिभ देखिएसँगै विर्तामोडमा कोरोना संक्रमित हुनेको संख्या १२ पुगेको फोकल पर्सन खड्काले सवाल नेपाललाई जानकारी दिनु भएको छ । यद्यपि ७ जनाले कोरोना जितिसकेका छन् ।



