सुशान्त सिंह राजपूत आत्महत्या प्रकरणमा रिया चक्रवर्तीमाथि छानबिन जारी छ । यसैबीच प्रवर्तन निर्देशनालय (र्डडी) सँग सम्बन्धित स्रोतलाई उद्धृत गर्दै भारतीय मिडियाले सुशान्त सिंह राजपूतको खाताबाट रिया चक्रवर्तीको खातामा कुनै प्रकारको डाइरेक्ट ट्रान्जेक्सनको कुनै प्रमाण नभेटिएको जानकारी दिएको छ । यद्यपि, सुशान्तको खाताबाट १५ करोड भारु निकालिएको पुष्टि भने भएको जानकारीमा उल्लेख छ । ईडीले आखिर त्यो पैसा कसको खातामा जम्मा भएको थियो भन्ने जानकारी बटुल्न लागीपरेको छ ।

नेट बैंकिङ, डेबिट कार्डबाट भएको ट्रान्जेक्सनको अनुसन्धान जारीः

मुम्बई मिररको खबर अनुसार सुशान्तको खाताबाट नेट बैंकिङ र डेबिट कार्डबाट भएको लेनदेनको अनुसन्धान अहिलेसम्म पनि जारी छ । ईडीसँग जोडिएको एक स्रोतका अनुसार यो निकासीको म्यापिङ गरेर पैसा कहाँ गयो र यसको पछाडिको उद्देश्य के थियो भनेर पत्ता लगाउन मद्दत मिल्नेछ । स्रोतले भारतीय मिडियासँग भन्यो, ‘डेबिट कार्ड र नेट बैंकिङको प्रयोग कसले गरिरहेको थियो भनेर हामी अनुसन्धान गरिरहेका छौं । जसलाई पिन र पासवर्ड थाहा छ, उसैले यो लेनदेन गर्न सक्छ ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah