दमक। झापाको दमकमा समुदायमा कोरोना भाइरस संक्रमण देखिएको छ । दमकमा रहेको नेपाल विद्युत प्राधिकरण वितरण शाखाका ५ कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै समुदायमा कोरोना देखिएको हो । उनीहरु होम क्वारेन्टाइनमा बस्दै आएका थिए । दमकबाट गत २४ गते पठाइएको ९६ जनाको स्वाबको पीसीआर परीक्षणको आज आएको रिपोर्टमा दमक नगरपालिकाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको नगरपालिकाका क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो । संक्रमण पुष्टि भएका ६ जना मध्ये ५ जना दमक नगरपालिका वडा नम्बर ९ का हुन् ।

संक्रमित हुने प्राधिकरणका कर्मचारीमा एक महिला र ४ पुरुष छन् । जसमा महिला ४७ वर्षीया हुन भने दुई पुरुष ३४ वर्षीय, एक पुरुष ४२ वर्षीय र एक पुरुष ४५ बर्षीय हुन् । त्यस्तै अर्की संक्रमित महिला दमक ७ की १६ वर्षीया हुन् । उनी यही साउन १६ गते काँकडभिट्टा नाकाहुँदै भारतबाट आएर होम क्वारेन्टाइनमा बस्दै आएकी थिइन् । आज संक्रमण हुने ६ जनासहित दमकमा कोरोना भाइरस संक्रमित हुनेको संख्या १९ पुगेको सदस्यसचिव भट्टराईले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah