दमक। झापाको दमक नगरपालिकाबाट स्वाब संकलन गरी पठाइएका ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । श्रोतका अनुसार गत साउन २८ गते स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको स्वाबको आज आएको रिपोर्टमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यद्यपि संक्रमण पुष्टि हुने ६ जना मध्ये दमकका ४ जना मात्र हुन् । २ जना शिवसताक्षी नगरपालिकाका हुन् ।
कोरोना पुष्टि हुनेमा दमक वडा नम्बर २ का २९ वर्षीय, वडा नम्बर ८ का ५५ वर्षीय र वडा नम्बर ९ का ३० र ३१ वर्षीय पुरुष छन् । उनीहरुसँगै दमकबाटै स्वाब संकलन गरिएका शिवसताक्षी नपा वडा नम्बर ४ का ४९ वर्षीय र वडा नम्बर ७ का ५६ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।



