गत हप्ता कोरोना संक्रमणको भ्याक्सिनलाई अनुमति दिएको रुसले आफ्नो भ्याक्सिन स्पुतनिक–५ को एउटा भिडियो जारी गरेको छ । यो भ्याक्सिनले कोरोनाभाइरसलाई नष्ट गरिदिने रुसले दाबी गरेको छ ।

यद्यपि, वैज्ञानिकले रुसको दाबीमाथि चिन्ता व्यक्त गरेका छन् ।

रसियाली डायरेक्टर इन्भेस्टमेन्ट फन्डको तर्फबाट जारी ३८ सेकेन्डको भिडियोमा स्पुतनिक–५ लाई परिदृश्यमा राखेर यसले कोरोना संक्रमणलाई कसरी नष्ट गरिदिन्छ भनेर देखाइएको छ ।

स्पुतनिक न्यूजका अनुसार भ्याक्सिनको उत्पादनको एक भिडियो पनि जारी गरिएको छ । गत हप्ता रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले रुसको रक्षा मन्त्रालय र गामेलया इन्स्टिच्युटको यो भ्याक्सिन निकै प्रभावकारी र कोभिड–१९ महामारीविरुद्ध शरीरमा प्रतिरक्षा प्रणाली विकसित हुने दाबी गरेका थिए ।

रुसको तास न्यूज एजेन्सीका अनुसार भ्याक्सिनको तेस्रो चरणको मानवीय परीक्षण अबको हप्ता–१० दिनभित्र सुरु हुनसक्छ । रुसको मस्को क्षेत्रमा हुने यो ट्रायलमा दसौं हजार व्यक्तिको संलग्नता रहनेछ ।

भ्याक्सिनको पहिलो र दोस्रो चरणको ट्रायल तीब्र गतिमा भएको छ र यो प्रक्रियालाई दुई महिनाभित्र पूरा गरिएको हो । सरकारले भ्याक्सिनलाई तेस्रो चरणको ट्रायल सुरु अघि नै मञ्जुरी दिएको थियो ।

स्रोतः बीबीसी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah