दमक। झापाको दमकका थप ७ जनामा कोरोना भाइरस पोजेटिभ भएको पुष्टि भएको छ । आज संक्रमण पुष्टि भएकाहरु सबै पुरुष हुन् । संक्रमण पुष्टि भएकाहरुमा दमक नगरपालिका वडा नम्बर ४ का २६ वर्षीय, वडा नम्बर ५ का २२, २५, २६ र ६२ वर्षीय गरी ४ जना छन् भने वडा नम्बर ३ का २९ र ३७ वर्षीय गरी २ जना रहेको श्रोतले बतायो ।
श्रोतका अनुसार वडा नम्बर ४ का संक्रमण पुष्टि भएका गत साउन २० गते भारतबाट आएर दाहाल प्रतिष्ठानको क्वारेन्टाइनमा बस्दै आएका हुन् । दमकमा पछिल्लो क्रममा समुदायमा संक्रमणको दर बढ्दै गएको छ । नगरपालिकाले समुदायमा कोरोना देखिएपछि यही भदौ ६ गते सम्मका लागि लकडाउन गरेको छ । यद्यपि मानिसहरु बाहिर हिड्न भने छाडेका छैनन् ।



