विराटनगर । प्रदेश १ मा मंगलबार १३९ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।
मोरङमा १०५, झापामा २०, सुनसरीमा ६, संखुवासभामा ३, उदयपुरमा २, पाँचथर एक र प्रदेश १ बाहिरका दुईजना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमण देखिएका मध्ये ४२ महिला र ९७ जना पुरुष छन् ।
विराटनगरमा ९६ जना संक्रमित थपिएका हुन् । जसमा ३१ महिला र ६५ पुरुष छन् । प्रदेश १ बाट मंगलबार ३४ जना डिस्चार्ज भएका छन् । कोसी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरबाट १६ र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १८ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा मोरङका २०, सुनसरीका १२ र झापाका २ जना छन् । प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या ११ सय ३३ पुगेको छ ।
प्रदेश १ मा आज २६ सय ३१ जनाको पीसीआर परीक्षण गरिएको छ । हालसम्म ७० हजार एक सय दुईजनाको पीसीआर परीक्षण भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।



