दमक। नेपाल टेलिकम दमकका प्रमुखलाई पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएकोमध्ये एक जना टेलिकम प्रमुख भएको श्रोतले बतायो ।

आज आएको रिपोर्टमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको दमक नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो ।

संक्रमण पुष्टि हुनेमा टेलिकमकै अर्का एक ४० वर्षीय पुरुष पनि छन् । उनी दमक ५ का हुन् । त्यस्तै ३ जना सशस्त्र प्रहरी बलका छन् । उनीहरु २९, ३० र ३२ वर्षीय पुरुष हुन् ।

अन्य संक्रमितहरुमा वडा नम्बर १ का २५ वर्षीय, वडा नम्बर ३ का ३५ वर्षीय, वडा नम्बर ४ का ४० बर्षीय, वडा नम्बर ५ का २१,३१ र ४४ वर्षीय, वडा नम्बर ८ का २५ वर्षीय र वडा नम्बर १० का २६ वर्षीय पुरुष छन् ।

यसमा १ जना होम क्वारेन्टाइनमा बस्दै आएका हुन भने ७ जना दाहाल प्रतिष्ठानको क्वारेन्टाइनमा बस्दै आएका थिए । योसँगै दमकमा अहिले सम्म संक्रमित हुनेको संख्या ५० पुगेको सदस्यसचिव भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सम्म १४ जनाले कोरोना जितिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah