दमक। झापाको दमक नगरपालिकाका १९ जनाले कोरोना भाइरसलाई पराजित गरेका छन् । आज थप ४ जना कोरोना संक्रमण मुक्तहुँदै घर फर्किने निश्चित भएसँगै दमकका कोरोना जित्नेको संख्या १९ पुगेको हो ।
आज कोरोना जित्नेहरु १७ वर्षदेखि ४८ वर्ष सम्मका छन् । जसमा एक जना महिला पनि छिन् । उनी दमक नगरपालिका वडा नम्बर ७ कि हुन् । त्यस्तै अन्य दमक नपा वडा नम्बर ९ का हुन् ।
उनीहरु ३४, ३६ र ४८ वर्षीय पुरुष भएको नगरपालिकाको व्वारेन्टाइन व्यवस्थापन समितिको सदस्यसचिव कुबेरप्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो । यसअघि हिजो दमकका अर्का एक जनाले कोरोना जितेका थिए । अहिले सम्म दमकमा कोरोना संक्रमितको संख्या ५० रहेको छ ।



