दमक। झापाको दमकमा रहेको नेपाल विद्युत प्राधिकरणका थप ७ जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । धरान स्थित बीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणको आज आएको १६ जनाको पोजेटिभ रिपोर्टमा विद्युत प्राधिकरण दमकका ७ कर्मचारी पनि छन् ।
संक्रमण पुष्टि हुनेहरुमा ३ महिला र ४ पुरुष छन् । संक्रमण पुष्टि भएका २ महिला ३५ वर्षीया र एक जना ३३ वर्षीया हुन् । त्यस्तै संक्रमण पुष्टि भएका पुरुषहरु ३७, ४२, ४३ र ५४ वर्षीय छन् । यसअघि प्राधिकरणका एकैपटक ५ कर्मचारीमा संक्रमण पुष्टि भएको थियो ।



