दमक। झापाको कमल गाउँपालिकामा समुदायका थप २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । २१ जनाको स्वाबको परीक्षणमा समुदायका २ जनामा कोरोना देखिएको गाउँपालिकाको प्रमुख मेनुका काफ्लेले सवाल नेपाललाई जानकारी दिनुभयो ।
वहाँका अनुसार संक्रमण पुष्टि भएका दुबै जनालाई शहीद धर्मभक्त माविको आइसोलेसनमा राखिने छ । संक्रमण पुष्टि हुनेहरुमा वडा नम्बर ३ की ४१ वर्षीया महिला र वडा नम्बर ६ का ६० वर्षीय पुरुष छन् । योसँगै कमलमा कोरोना संक्रमितको संख्या १० पुगेको छ । त्यसमध्ये ३ जनाले कोरोना जितिसकेका छन् ।



