दमक। झापाको कनकाई नगरपालिकाका एक औषधी व्यवसायीमा पनि कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । उनी कनकाई नपा वडा नम्बर ७ मा औषधी व्यवसाय सञ्चालन गर्दै आएका ४० वर्षीय पुरुष हुन् ।
उनको गत साउन २८ गते स्वाब संकलन गरिएको थियो । उनलाई उपचारका लागि भद्रपुर पठाइएको नगर प्रमुख राजेन्द्र कुमार पोखरेलले जानकारी दिनुभयो ।



