काठमाडौं । अभिनेता राजेश हमालले चलचित्र प्राविधिक संघमा आवद्ध ६ सय प्राविधिकको कोरोना बीमा गर्ने भएका छन् । केही समय अगाडि भएको प्राविधिक संघका पदाधिकारीहरुसँगको भेटमा राजेशले सो प्रतिवद्धता व्यक्त गरेको प्राविधिक संघका उपाध्यक्ष विनोद लामाले जानकारी दिए ।

‘कोरोना बीमाका लागि राजेश दाइले नामावली लिएर आउन समेत भनिसक्नु भएको छ’ लामाले भने ‘हामीले संघमा नामको बिषयमा छलफल गर्न बाँकी रहेको दिन सकेका छैनौँ ।’
लामाका अनुसार राजेशले ६ सय प्राविधिकको बीमाको अलवा आर्थिक अवस्था कमजोर रहेका केही सदस्यलाई समेत आर्थिक सहयोग गर्ने भएका छन् ।

हाल प्रविधिक संघमा १३ सय बढी सदस्यहरु रहेका छन् । ती मध्य करिब ६ सय भने चलचित्रको काममा पछिल्लो समयसम्म पनि सक्रिय प्राबिधिक हुन् । पहिलो चरणमा उनीहरुकै बीमा गरिने उपाध्यक्ष लामाले बताए ।
‘हामी बीमाका लागि प्राविधिक संघको पदाधिकारीको बैठकबाट सर्वसम्मत रुपमा ६ सय जना प्राविधिकको नामावली पठाउने तरखरमा थियाँै’ लामाले अगाडि थपे ‘तर सरकारले गरेको अचानकको निषेधाज्ञाले बैठक बस्न सकेका छैनौ ।’ निषेधाज्ञा खुल्ने बितिक्कै बैठक बसेर बीमाका लागि राजेशलाई नाम पठाउने लामाको भनाइ रहेको छ ।

कोरोनाका कहरका कारण बिगत ६ महिनायता चलचित्र क्षेत्र ठप्प छ । चलचित्र क्षेत्र ठप्प भएका कारण अहिले हजारौं प्राविधिक काम बिहीन भएका छन् ।
काम नभएपछि उनीहरुलाई बिहान बेलुकाको छाक टार्न समेत समस्या पर्दै गएको छ । विभिन्न चलचित्रँंग सम्बन्धित संघसंस्थाले प्राबिधिका लागि बेलाबेलामा केही राहत त उपलब्ध गराउदै आएका छन् । तर ती राहत उनीहरुका लागि पर्याप्त भने हुन सकेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah