दमक। झापाको दमक नगरपालिकाका थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज आएको २४ जनाको रिपोर्टमा १६ जनामा कोरोना संक्रमण देखिएको हो ।
दमकबाट २०० जनाको स्वाब पीसीआर परीक्षणका लागि पठाइएकोमा हिजो एक सय ७६ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । बाँकी २४ जनाको रिपोर्ट आज आएको हो । आज पहिले ८ जनाको रिपोर्ट नेगेटिभ आएको थियो । बाँकी १६ जनाको पछिल्लो क्रममा रिपोर्ट आएको र सबै पोजेटिभ आएको नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिका सदस्यसचिव कुबेरप्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो । संक्रमण पुष्टि हुनेमा ९ पुरुष र ७ महिला रहेका छन् । संक्रमण पुष्टि हुनेमा वडा नम्बर ८ का ८ जना, १ का ४ जना, ५ का २ जना तथा ६ र ७ का एक/एक जना छन् । योसँगै दमकमा कोरोना संक्रमितको संख्या ९७ पुगेको छ । जसमध्ये ४२ जनाले कोरोना जितिसकेका छन् ।



