दमक। झापाको विर्तामोड नगरपालिकामा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि हुनेहरुमा ४ महिला र एक पुरुष छन् । विर्तामोड नगरपालिकाको उपप्रमुख पवित्रा महातारा प्रसाईका अनुसार संक्रमण पुष्टि हुनेमा एक जना बैंकको महिला कर्मचारी र अन्य सुनचाँदी व्यवसायीका परिवार हुन् ।
विर्तामोडबाट पठाइएका २०० जनाको स्वाबको पीसीआर परीक्षणमा ५ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको उपप्रमुख प्रसाईले सवाल नेपाललाई जानकारी दिनुभयो । संक्रमण पुष्टि हुनेसबै वडा नम्बर ५ का छन् । संक्रमण पुष्टिहुनेमा १५, २१, २४ र ३४ वर्षीया महिला छन् भने ४० वर्षीय पुरुष छन् ।



