दमक। झापाको कमल गाउँपालिकामा समुदायका थप ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । कमलबाट पठाइएका ६६ जनाकोमध्ये बाँकी १० जनाको रिपोर्टमा ६ जनामा कोरोना संक्रमण देखिएको हो ।
यसअघि हिजो ५६ जनाको रिपोर्टमा ६ जनामा संक्रमण पुष्टि भएको थियो । आज संक्रमण पुष्टि हुनेमा ३ जना एकै घरका छन् । संक्रमण पुष्टि हुने सबै वडा नम्बर ३ का हुन् । आज संक्रमण पुष्टि महिलाहरुमा २०, ३९, ५१ र ७४ वर्षीया छन् भने २३ र ५५ वर्षीय पुरुष छन् । आजका ६ जनासँगै कमलमा कोरोना संक्रमितको संख्या ३७ पुगेको स्वास्थ्य शाखाका इन्द्र अर्यालले सवाल नेपाललाई जानकारी दिनुभयो ।
त्यसमध्ये ७ जनाले कोरोना जितिसकेका छन् भने एक जनाको मृत्यु भएको छ । आज संक्रमण पुष्टि भएका एकै घरका ३ जनालाई होम आइसोलेसनमा राखिने र अन्य ३ जनालाई शहीद धर्मभक्त माविको आइसोलेसनमा राखिने गाउँपालिकाको प्रमुख मेनुका काफ्लेले सवाल नेपाललाई जानकारी दिनुभयो ।



