दमक। मोरंगको विराटनगरका फुट्बल खेलाडी कमल खबासको श्रीमतीको उपचारका लागि झापाको दमकबाट ३२ हजार आर्थिक सहयोग प्रदान गरिएको छ ।
दमकको दमक भाङ्गबारी स्पोर्टिङ्ग युथ क्लब र दमक १ फुट्बल परिवारले उक्त रकम प्रदान गरेको दमकका फुट्बल प्रशिक्षक कुमार गिरीले सवाल नेपाललाई जानकारी दिनुभयो ।
उहाँका अनुसार दमक भाङ्गबारी स्पोर्टिङ्ग युथ क्लबले २० हजार र दमक १ फुट्बल परिवारले १२ हजार आर्थिक सहयोग गरेका हुन् । खबासको श्रीमती घरको छतबाट खसेर घाइते भएकी छन् ।
खबासले भाङ्गबारीबाट फुट्बल खेलेका कारण उनको श्रीमतीको उपचारका लागि आर्थिक सहयोग गरेको क्लबका अध्यक्ष सुरेन्द्र देवानले सवाल नेपाललाई प्रतिक्रिया दिनुभयो । खबासले भाङ्गबारीको तर्फबाट थुप्रै प्रतियोगितामा सहभागिता जनाएका छन् ।



