दमक। झापाको गौरादहमा परिवर्तनका लागि युवा अभियान गठन गरिएको छ । गौरादह नगरपालिकामा राजनीति एकाधिकार बढेको, भ्रष्टाचार र अनियमितता मौलाएको, जनप्रतिनिधिहरु जनचाहना बिपरित चलेको भन्दै स्वतन्त्र युवाहरूको भेलाबाट अभियान गठन गरिएको हो ।

भेलाबाट उमेश कार्कीको अध्यक्षतामा ११ सदस्यीय मुल कार्यसमिति सहित विभिन्न उपसमितिहरु समेत गठन गरिएको छ । नव गठित समितिको प्रथम उपाध्यक्षमा हरि खत्री, द्वितीय उपाध्यक्षमा सुर्य बिष्ट र तृतीय उपाध्यक्षमा किशोर थापा, सचिवमा अशोक कार्की, सह सचिबमा सुस्मिता लोहनी, कोषाध्यक्षमा मन्जु भुजेल तथा सदस्यहरुमा प्रकाश बिष्ट, शकेन्द्र ताजपुरिया, नारायण नेपाल रहेका छन् ।

यसैगरी संस्थाको प्रचारप्रसार संयोजकमा सन्चार क्लब गौरादहका सदस्य सुमित भण्डारी, सदस्य सागर राउत र सकेन्द्र ताजपुरिया, इन्टेलिजेन्स ब्युरोको संयोजकमा ठाकुर घिमिरे, सदस्यमा हरि खत्री, प्रकाश बिष्ट तथा नारायण नेपाल रहेका छन् । समन्वय समिति ९वार्ता० को संयोजकमा भुवन खड्का, सुर्य बिष्ट र राजिव पोख्रेल रहेका छन् ।

त्यसैगरी खेलकुद समितिमा संयोजकमा निमेष भण्डारी, कृष्ण ताजपुरिया र रुपेश साह रहेका छन् भने सचिवालयमा अशोक कार्की, प्रशान्त फुयाल र मनोज राई, कानुनी सल्लाहकार अधिवक्ता तिलक तिम्सिना,प्राविधिक सल्लाहकार ईन्जिनियर नितेस बस्नेत , सल्लाहकारमा सान नेपाल र संरक्षकमा केदार खड्का रहेका छन् ।

बुधबार १ नं। वडा कार्यालय परिसरमा सम्पन्न भएको कार्यक्रममा अभियानको औचित्य बारे प्रकाश पार्दै पत्रकार सान नेपालले राजनीतिक व्यथितीको अन्त्य गर्न युवाहरु संगठित हुनुको विकल्प नरहेको भन्दै समाजमा देखिने भ्रष्टाचारजन्य क्रियाकलापको अन्त्य गर्नमा युवाहरूको महत्त्वपूर्ण भुमिका रहने बताएका थिए ।

त्यसगरी ओमकार टाइम्सका प्रवन्ध निर्देशक समेत रहेका अभियानका संरक्षक केदार खड्काले गौरादहबाट शुरु गरिएको अभियानले देशब्यापी रुप लिने कुरामा आफू विश्वस्त रहेकोे भन्दै संसारमा ठुला ठुला परिवर्तनमा युवाहरुकै हात रहेको बिचार व्यक्त गरे । हिजो भिख माग्दै भोट फकाउन आउनेहरू आज निर्लज्जता साथ देश लुट्न लागेको भन्दै खड्काले देश लुट्नेलाई युवाहरूले मात्र तहलगाउन सक्ने ठोकुवा गरे ।

युवाहरुले उठाएका जिज्ञासाहरुको समाधानमा सञ्चारकर्मी तथा कलाकार भुवन खड्काले सहजीकरण गरेका थिए भने नव गठित संस्थाका अध्यक्ष र सचिबले संस्थालाई जीवन्त राख्न र घोषित उद्देश्यलाई पूरा गर्न जस्तोसुकै संघर्षरत रहने प्रतिबद्धता व्यक्त गरेका थिए । कार्यक्रममा उल्लेख्य संख्यामा युवाहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah