दमक। झापाको दमक नगरपालिकाबाट पठाइएका १ सय ५ जनामध्ये ९१ जनाको रिपोर्ट आएको छ । जसमा एक जना महिलाको पीसीआर परीक्षणको रिपोर्ट पोजेटिभ आएको छ ।
रिपोर्ट पोजेटिभ आएकी ती महिला दमक १० की २० वर्षीया हुन् । उनी भारतको गुहाटीमा दिदीको घरबाट फर्किएर आएकी थिइन् । संक्रमण पुष्टि भएकी ति महिलालाई दमकको होटल आइसोलेसनमा राखिने नगरपालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिको सदस्यसचिव कुबेरप्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो । आजको पोजेटिभसँगै दमकमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या एक सय २० पुगेको छ । त्यसमध्ये ८६ जनाले कोरोना जितिसकेका छन् ।



