वि.सं.२०७७ भदौ- २९,सोमवार,ई.सं.२०२० September – १४,शक संवत्-१९४२,नेपाल संवत्-११४० ञलगा, प्रमादी, दक्षिणायन, वर्षा, आश्विन कृष्णपक्ष तिथि -द्वादशी , २२:०२ बजे उप्रान्त त्रयोदशी,नक्षत्र-तिष्य , १३:२४ बजे उप्रान्त अश्लेषा,योग-परिघ , १२:३२ बजे उप्रान्त शिव,करण-कौलव १०:३३ बजेदेखि तैतिल , २२:०२ बजे उप्रान्त भद्रा,चन्द्रराशि-कर्कट,आनन्दादि योग-धाता, सूर्योदय-५:४९, सूर्यास्त-१८:०८दिनमान-३० घडी ४७ पला,द्वादशी श्राद्ध। बालदिवस।
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) – पेटको खराबीले स्वास्थ्य भने कमजोर रहला,घरायसी वातावरणमा केही धमिलोपन आउने छ,आफन्तको विश्वास पर्दा धोका हुनेछ,यात्रा घातक बन्न सक्छ, आजको शुभ अंक १० रहेको छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) – समयको गतिलाई पछ्याउन नसक्दा पछि परिनेछ,आफन्त बाट धोका हुन् सक्छ,दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,बोलीमा विचार पुराउनु होला, आजको शुभ अंक ८ रहेको छ ।
मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) – गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ,विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,लामो दूरीको यात्रा नगर्नुहोला,प्रेम सफल हुनेछ , आजको शुभ अंक ५ रहेको छ ।
कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) – धार्मिक कार्यमा मन लाग्नेछ ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,व्यापारमा हानी हुने योग छ,आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ, आजको शुभ अंक १ रहेको छ ।
सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) – शत्रु सक्रिय हुनेछन्,आफन्तबाटै पनि जोगिनुपर्ने देखिन्छ,परिवारमा खुशीको खबर प्राप्त हुने छ,व्यापारमा फाइदा हुने देखिन्छ ,बोलीको प्रभाव बढ्ला , आजको शुभ अंक ६ रहेको छ ।
कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो)– अवसर प्राप्त भए पनि भूलवश काममा बाधा होला,पशुधन र जमिनबाट सामान्य लाभ उठाउन सकिनेछ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, आजको शुभ अंक ७ रहेको छ ।
तुला-रा,री,रु,रे,रो,ता,ती,तू,ते) – बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ,तातो रिस गर्नाले काम बिग्रिनेछ,सानातिना कामको झमेला आउनसक्छ,राजनीतिमा शुभ देखिन्छ , आजको शुभ अंक ७ रहेको छ ।
बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)– जागिरमा पदोन्नतिको हुने सम्भावना छ ,प्रेम गर्नेको हरुको लागि आजको दिन शुभ हुनेछ,साथी भाइको विश्वास पर्दा आत्मा घाती हुनेछ, आजको शुभ अंक ४ रहेको छ ।
धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)– परिवारमा शान्ति हुनेछ,अध्ययनमा सुधार सफल भइनेछ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,बोलीको अनर्थ लाग्न सक्छ, आजको शुभ अंक २ रहेको छ ।
मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) – अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ,झैझगडा र विवादमा सरिक हुनु पर्नेछ,खानेकुरा मा विचार पुराउनु होला, घरायासी कलह बढ्ने योग छ , आजको शुभ अंक ३ रहेको छ ।
कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा)– साझेदारसँग असमझदारी देखिने हुँदा सजग रहनुहोला,दिगो कामको जग बसाउनुका साथै दाम र प्रतिष्ठा कमाउने बेला छ,प्रतिस्पर्धीहरू पछि पर्नेछन्, आजको शुभ अंक ९ रहेको छ ।
मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) – धर्मकर्म तथा परोपकारमा प्रवृत्त भइएला,शत्रु हरु पनि मित्र बन्न सक्छन,लेनदेन आदिमा फाइदा हुनेछ,लेनदेन मा विवाद हुनेछ, आजको शुभ अंक ४ रहेको छ ।



