काठमाडौं । गायक कमल खत्री आफ्नो नयाँ गीतको म्युजिक भिडियो मार्फत दर्शक तथा स्रोतामाझ आएका छन् । उनी आफैंले संगीतबद्ध गरेको गीत ‘पानी पिउने बहाना…’ सार्वजनिक भएको छ ।
सुमन योञ्जनको शब्द रहेको गीतमा रिकेश गुरुङको संगीत संयोजन रहेको छ । गीतको भिडियोमा मोडल दीपक घिमिरे, विशाल रेग्मी, गायक कमलको अलवा अभिनेत्री रियाशा दाहालको अभिनय रहेको छ ।
नितिन चन्दको निर्देशन रहेको भिडियोमा चन्दले नै सम्पादन गरेका हुन् । रुपेश थापाको छायांकन तथा कलर करेक्सन रहेको भिडियो विशाल महराले कोरियोग्राफी गरेका छन् ।



