दमक। झापाको अर्जुनधारा नगरपालिकाका २ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज आएको रिपोर्टमा अर्जुनधाराका दुई जना पुरुषमा कोरोन संक्रमण पुष्टि भएको नगरपालिकाको उपप्रमुख कमला खतिवडाले सवाल नेपाललाई जानकारी दिनुभयो । उहाँका अनुसार दुबै जना मलेशियाबाट आएका हुन् । उनीहरु अर्जुनधारा नपा वडा नम्बर १ का ३२ र ४२ बर्षीय पुरुष हुन् ।



