दमक। झापाको दमक नगरपालिकाबाट पठाइएका एक सय ४० जनामध्ये एक सय १८ जनाको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । अन्य २२ जनाको रिपोर्ट आउन बाँकी रहेको दमक नगरापालिकाको क्वारेन्टाइन व्यवस्थापन समितिको सदस्यसचिव कुबेरप्रसाद भट्टराईले सवाल नेपाललाई जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिले सम्म दमकका एक सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यसमध्ये एक सय जनाले कोरोना जितिसकेका छन् ।



