सरकारले देशभरका १५ वटा सरकारी अस्पतालमा गरीब तथा विपन्न वर्गलाई आकस्मिक सेवा निःशुल्क गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यविधि बनाएर निःशुल्क सेवा प्रारम्भ गरेको हो ।

पहिलो चरणमा राष्ट्रिय ट्रमा सेन्टर र कान्ति बाल अस्पतालले निःशुल्क आकस्मिक स्वास्थ्य सेवा शुरू गरेको छ । सरकारले यस आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत यस खालको सेवालाई समेटेको थियो ।

‘गरीब तथा विपन्न वर्गलाई केन्द्रीय अस्पतालहरूबाट प्रारम्भिक चरणको आकस्मिक स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन थालिएको हो,’ स्वास्थ्य तथा जनसंख्या मन्त्रीका प्रेस संयोजक माधव तिवारीले भने ।

उनका अनुसार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, बीपी कोइराला लायन्स सेन्टर फर अप्थाल्मिक स्टडिज, कान्ति बाल अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, वीर अस्पताल, शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र, कोशी अस्पताल, नारायणी अस्पताल, भरतपुर अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भेरी अस्पताल, सुर्खेत प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल र महाकाली प्रादेशिक अस्पतालमा गरीब तथा विपन्न वर्गलाई निःशुल्क आकस्मिक सेवा प्रदान गरिने छ । गोरखापत्र दैनिकमा खबर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah