दमक। झापाका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार तिम्सिनाले कोभिडसँग जुध्दै सचेतना बढाउँदै अघि बढ्न सबैसँग अनुरोध गर्नु भएको छ । आज झापाको दमकमा दमक उद्योग बाणिज्य संघले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा सम्बोधन गर्दै प्रजिअ तिम्सिनाले यस्तो अनुरोध गर्नुभएको हो ।
कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका प्रजिअ तिम्सिनाले झापा पुर्वको शिक्षित जिल्ला भएको मैले बुझेको छु भन्दै कोरोना संक्रमणसँग सजग हुदै व्यापार व्यवसाय अगाडी बढाउनु पर्ने बताउनु भयो । प्रजिअ तिम्सिनाले केहि व्यवसायीहरुको स्वार्थका कारण व्यवसाय बद्नाम भएकोले त्यसतर्फ सचेत रहदै अगाडी बढ्न व्यवसायीहरुलाई सुझाव समेत दिनुभयो ।
सो क्रममा उहाँले प्रहरी प्रशासनको तर्फबाट गर्नुपर्ने सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भयो । उहाँले पश्चिममा महाकाली गएपनि पूर्वमा झापा इलाम आएपनि हामी सबैको भावना एउटै हुनुपर्ने भन्दै जिल्लाका सबै क्षेत्रलाई आँफूले समान रुपमा हेर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भयो । त्यस्तै उहाँले प्रत्येक बुधबार दमक आउने भन्दै आँफूले जिल्लाका सबै क्षेत्रलाई समान रुपमा हेर्ने उल्लेख गर्नुभयो ।
त्यस्तै उहाँले उद्योग बाणिज्य संघ दमकलाई व्यवसायीहरुको समस्याको समाधानमा एक भएर अगाडी बढ्न सकोस भन्दै शुभकामना समेत दिनु भयो । कार्यक्रममा बाणिज्य संघका पुर्व अध्यक्ष प्रकाश प्रसाईले स्वागत मन्तव्य राख्दै माई पश्चिमलाई हेर्ने दृष्टिकोण फरक भएकाले विभेदको अन्त्य गर्न अनुरोध गर्नु भएको थियो ।
उद्योग बाणिज्य संघको सभाहलमा भएको कार्यक्रममा झापाका प्रहरी प्रमुख कृष्ण प्रसाद कोईराला, सशस्त्र प्रहरी बल पाथीभरा शिक्षालयका प्रमुख एसपी दोण विष्ट, इलाका प्रहरी कार्यलयका प्रमुख विजय राज पण्डित, बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष गोपाल गुरागाई, तृतीय उपाध्यक्ष रमा लिम्बु, पहिलो पाईला दमकका अध्यक्ष दीपक खड्का, रोटरी क्लब अफ दमकको अध्यक्ष शान्ता नेपाल लगायत दमकका विभिन्न संघ सस्थाका प्रतिनीधि तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो । उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा अध्यक्ष श्रेष्ठले प्रजिअ तिम्सिनालाई मायाको चिनो समेत प्रदान गर्नु भएको थियो । केहि दिन अघि मात्र झापा आउनु भएका प्रजिअ तिम्सिनालाई बाणिज्य संघले दमकमा स्वाग गर्दै कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रम बाणिज्य संघका प्रथम उपाध्यक्ष राजु खड्काले सञ्चालन गर्नुभएको थियो ।




