दमक। पहिलो पाईला दमक शाखाले आज दमक चोकको सरसफाई गरेको छ । घरघरबाट कुचो लिएर पुगेका संस्थामा आबद्ध युवाहरुले सो क्षेत्रमा रहेको फोहोर बटुल्ने अभियान पानी परिरहदा पनि रोकेनन् । न तलब पाउँथे न भत्ता तर पनि उनीहरुले आफ्नो कार्यलाई रोकेनन् । र झरिका बाबजुत पनि चोक क्षेत्रलाई फोहोर मुक्त बनाए ।


स्थापना कालदेखि नै सामाजिक कार्य गर्दै आएको पहिलो पाईलाले आफ्नो ८ हप्ते सरसफाई कार्यक्रम अन्तरगत पहिलो चरणको सरसफाई कार्यक्रमको शुरुवात गर्दै सफाई गरिएको पहिलो पाईला दमकका अध्यक्ष दिपक खड्काले सवाल नेपाललाई बताउनु भयो ।

उहाँका अनुसार पहिलो पाईलाले आज दमकको डाँफै मुनाल चोक आसपास रहेका फोहोरहरु उठाएर सफाई गरेको छ । नगरपालिकाले सफाई गर्ने भएपनि आँफुहरुले फोहोर देखेकाले सफाई गरिएको उहाँले बताउनु भयो ।

उहाँले दमकलाई सफा राख्ने हाम्रो पनि दायित्व भएको भन्दै अन्य स्थानमा पनि सरसफाई गरिने बताउनु भयो । सरसफाईमा सो संस्थाका सदस्यहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah