काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक सैनिक जवान छन् । उनी बझाङका हुन् । काठमाडौं उपत्कामा कार्यरत उनको शुक्रबार वीरेन्द्र अस्पताल, छाउनीमा मृत्यु भएको हो । असोज ६ गते छारे रोगको लक्षण देखिएपछि आईसीयूमा भर्ना गरिएका उनलाई ८ गते कोरोना संक्रमण भएको पुष्टि भएको थियो ।
यससँगै कोरोना संक्रमणबाट मृत्यु हुने सैनिकको संख्या २ पुगेको छ । सैनिक मुख्यालयका अनुसार सेनामा हालसम्म २ हजार १९७ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरुमध्ये ५३९ जना संक्रमणमुक्त भएका छन् ।



