स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १५ सय ७३ मा कोरोना संक्रमण देखिएको जनाएको छ ।
आइतवार नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घन्टामा गरिएको १० हजार १२३ पीसीआर परीक्षणमा १५ सय ७३ कोरोना संक्रमित भेटिएको बताएका हुन् ।
यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या १९ हजार १९ पुगेको छ । संक्रमितमध्ये ८ हजार ३२१ संस्थागत आइसोलेसनमा छन् भने १० होम आइसोलेसनमा रहेका छन् ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या ८ सय ८५ रहेको छ ।
संक्रमितमध्ये आइसीयुमा रहेर उपचार गरिरहेकाको संख्या २ सय २५ रहेको छ भने भेन्टिलेटरमा ३३ जनाले उपचार गरिरहेका छन् ।



