विराटनगर : प्रदेश १ मा आइतबार अहिलेसम्मकै धेरै एक सय ८१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। यो संख्या दैनिक थपिने संक्रमितको तुलनामा अहिलेसम्मकै उच्च हो।

प्रदेश १ मा नौ सय ६७ जनाको पीसीआर परीक्षण हुँदा ६५ महिला र एक सय १६ पुरुषको रिपोर्ट पोजिटिभ आएको छ। थपिएका नयाँ संक्रमितमा सबैभन्दा बढी मोरङका एक सय ६७ जना छन्। मोरङको पनि प्रदेश राजधानी विराटनगरका एक सय ३० जना छन्। विराटनगरमा ५१ महिला र ७९ जना पुरुषमा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

विराटनगरमा एकै दिन संक्रमण देखिएको संख्या पनि अहिलेसम्मकै धेरै हो। मोरङबाहेक सुनसरीमा सात, झापामा तीन, भोजपुरमा दुई, तेह्रथुम र प्रदेश १ बाहिरका एक–एक जनामा कोरोना देखिएको छ। विराटनगरबाहेक मोरङको कटहरीमा आठ महिला, नौ पुरुष, बुढीगंगामा तीन महिला, ११ पुरुष, जहदा र धनपालथानमा दुई–दुई पुरुष, सुन्दरहरैचा र स्थानीय तह नखुलेका एक–एक पुरुषको रिपोर्ट पोजिटिभ आएको मन्त्रालयले जनाएको छ।

सुनसरीको दुहवीमा एक महिला, चार पुरुष, धरान र इटहरीमा एक–एक पुरुष, झापाको बिर्तामोडमा एक महिला, अर्जुनधारा र दमकमा एक–एक पुरुष, भोजपुरको स्थानीय तह नखुलेका एक महिला, एक पुरुष, तेह्रथुमको लालीगुराँसमा एक पुरुष र प्रदेश १ बाहिरका एक पुरुषमा कोरोना पुष्टि भएको छ।
प्रदेश १ मा कोरोना संक्रमितको संख्या छ हजार चार सय ३६ पुगेको छ। हालसम्म एक लाख २० हजार नौ सय ९० जनाको पीसीआर परीक्षण हुँदा एक लाख १४ हजार पाँच सय ५४ जनाको रिपोर्ट नेगेटिभ आएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा संक्रमण पुष्टि भएर उपचार गराएका मध्ये ३६ जना आइतबार डिस्चार्ज भएका छन्। इलाम अस्पताल आइसोलेसन केन्द्रबाट १९, झुर्किया प्राथमिक स्वास्थ्य केन्द्र रतुवामाईबाट १२, न्युरो अस्पताल विराटनगरबाट तीन र मारवाडी सेवा सदन आइसोलेसनबाट दुई जना डिस्चार्ज भएका छन्। प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या दुई हजार आठ सय २५ पुगेको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah